सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

६० मिलियन युरोमा लिभरपुल आए फ्रिम्पोङ

डच डिफेन्डर जेरमी फ्रिम्पोङ इंग्लिस क्लब लिभरपुलमा आबद्ध भएका छन्। लिभरपुलले २४ वर्षीय फ्रिम्पोङलाई जर्मन क्लब बायर लेभरकुसेनबाट ६० मिलियन युरोमा अनुबन्ध गरेको हो।

फ्रिम्पोङले लिभरपुलसँग ५ वर्षको सम्झौता गरेका छन्। उनलाई लिभरपुलले ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको रिप्लेसमेन्टको रुपमा अनुबन्धन गरेको हो । आर्नोल्ट सिजनको अन्त्यसँगै फ्रि ट्रान्सफरमा रियल मड्रिड जाने छन्।

लेभरकुसेनमा उत्कृष्ट प्रदर्शन गरिरहेका फ्रिम्पोङले यो सिजन ३२ खेलमा ४ गोल र ९ असिस्ट गरेका छन्। जाभी ओलन्सोको प्रशिक्षणमा उनले लेभरकुसेनमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले नेदरल्यान्ड्सको राष्ट्रिय टिमका लागि पनि १५ खेल खेलिसकेका छन्, र युरो २०२४ मा उनको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो।

फ्रिम्पोङले लिभरपुल जस्तो ठूलो क्लबमा आउन पाउनु आफ्नो सपना भएको बताउँदै ट्रफी जित्न र फ्यानहरूलाई खुसी बनाउन चाहेको बताए।

1.3Kशेयर