स्पेनिस लिगामा रियल मड्रिड विजयी भएको छ। आइनबार राति भएको खेलमा रियलले ९ खेलाडीमा समेटिएको सेभियामाथि २–०को जित निकाल्यो।
खेलमा लोइक बाडेले पहिलो हाफ र इसाक रोमेरोले दोस्रो हाफको सुरुआतमै रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो। तर, उसले रियललाई ७४ मिनेटसम्म रोकेको थियो।
७५औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिालए। यो उनको २९औं लिग गोल हो। यसले उनलाई युरोपिनय गोल्डेन बुटको नजिक पु¥याएको छ। त्यसपछि ८७ औं मिनेटमा जुठ बेलिङघमले गोल गरेछि रियल २–०ले विजयी भयो।
यस्तै, अर्को खेलमा च्याम्पियन बनिसको बार्सिलोना भने पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोना भिल्लारियलसँग ३–२ले पराजित भयो।
खेलमा बार्सिलोनाका लामिन यामाल र फर्मिन लोपेजले गोल गरे भने भिल्लारियलका एयोज पेरेज, सान्ती कामेसाना र ताजोन बुचननले गोल गरेका थिए।
आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ। उसले रियल बेटिसमाथि ४–१को जित निकाल्यो। खेलमा उसका लागि जुलियन अल्भारेजले २ गोल गरे भने रोविन ले नोर्मन्ड र एन्जल कोरेयाले गोल गर्दा बेटिसका पाब्लो फोर्नाल्सले गोल गरे।
एक चरणको खेल बाँकी रहँदा बार्सिलोना ८५ अंकसहित शीर्ष स्थानमा भने रियल ८१ सहित दोस्रो, एट्लेटिको ७३ अंकसहित तेस्रो, एथ्लेटिक क्लब ७० अंकसहित चौथो र भिल्लारियलत ६७ अंकसहित पाँचौं स्थतानमा छ। यी पाँचै टिमले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने छन्।
