हैदरावादसँग पराजित भएसँगै लखनउ आईपीएलबाट बाहिरियो

20 May, 2025
Share:
117 Shares

लखनउ सुपर जायन्ट्स आईपिएलको प्लेअफ दौडबाट बाहिरिने पाँचौं टिम बनेको छ। सोमबार राति घरेलु मैदान एकाना क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादसँग ६ विकेटले पराजित हुँदै लखनउ प्लेअफ दौडबाट बाहिरिएको हो।

लखनउकाे १२ खेलमा १० अंक मात्र छ। र, उ तालिकाकाे साताैं स्थानमा छ। यसअघि नै चेन्नाई सुपर किंग्स, हैदरावाद, राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स प्रतियोतिगाबाट बाहिरिसकेका थिए।

लखनउले दिएको २०६ रनको ठूलो लक्ष्य हैदरावादले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। उसका लागि अभिषेक शर्माले विस्फोटक इनिङ खेले । उनले २० बलमा ४ चौका र ६ छक्का मद्दतमा ५९ रन बनाए। उनले रवि विस्नोइलाई लागतार ४ छक्का प्रहार गरेका थिए।

यस्तै, हेनरिच क्लासनले २८ बलमा ४ चौका र १ छक्का मद्दतमा ४७ रन बनाउँदा इशान किशनले ३५ र कामिन्दु मेन्डिसले ३२ रन बनाए। बलिङमा लखनउका दिग्वेस राठीले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउसले ७ विकेटको क्षतिमा २०५ रन बनायो। उसका लागि दुवै ओपनरले अर्धशतक बनाए। मिचेल मार्शले ३९ बलमा ६५ रन बनाउँदा एडेन मार्करमले ३८ बलमा ६१ रन बनाए। यी दुई पहिलो विकेटका लागि ११५ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

यी दुई बाहेक निकोलश पुरनले २६ बलमा ४५ रन बनाए। कप्तान ऋषव पन्त भने पुनः फ्लप भए। उनले ७ रन मात्र बनाउन सके। बलिङमा हैदरावादका इशान मलिंगाले २ विकट लिए।