प्रिमियर लिगमा लिभरपुल पराजित भएको छ। च्याम्पियन बनिसकेको लिभरपुलले सोमबार राति भएको खेलमा ब्राइटनसँग ३–२ले पराजित भयो।
लिभपुल च्याम्पियन बनेपछि तीन खेलयता जित निकाल्न असफल छ। चेल्सीसँग ३–१ले पारजित भएको लिरभपुल अर्को खेलमा आर्सनलसँग २–२को बराबरीमा रोकिएको थियो।
ब्राइटनका लागि यासिन अयारी, काओरु मिटोमा र ज्याक हिन्सेलउडले गोल गरे भने लिभरपुलका लागि हार्भे एलिओट र डोमिनक सोबोजलाईले गोल गरे।
हार्भे एलिओटले नवौँ मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर यासिनले ३२औं मिनेटमा ब्राइटनका लागि बराबरी गोल गरे। डोमिनिक सोबोजलाईले पहिलो हाफको इन्जुरि टाइममा गोल गर्दै लिभपुरललाई २–१ को अग्ता दिलाए।
मिटोमाले ६९औं मिनेटमा गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए। त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ज्याकले ८५औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाए।
जितपछि ब्राइटन ३७ खेलबाट ५८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ। यो जितपछि ब्राइटनले अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राखेको छ । ब्राइटनले लिगको अन्तिम खेलमा टोटनहमसँग खेल्दैछ।
प्रिमियर लिगमा आठौं स्थानमा सकाउने टिमले अर्को सिजन युइएफए कन्फेरेन्स लिग खेल्न पाउने सम्भावना छ ।
