सलाहले जिते एफडब्लुए फुटबलर अफ द इयर अवार्ड

23 May, 2025
Share:
117 Shares

लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सलाहले सिजन २०२४–२५ को फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) फुटबलर अफ द इयर अवार्ड जितेका छन्।

यो सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सलाहले फुटबलर अफ द इयर अवार्ड जितेका हुन्। यसअघि उनले २०१७–१८ र २०२१–२२ मा यो अवार्ड जितेका थिए।

उनले यो अवार्ड तेस्रो पटक जितेका छन्। उनले यो अवार्ड सर्वाधिक जित्ने थिएरी हेनरीको कीर्तिमान पनि बराबरी गरेका छन्। सलाहले ९० प्रतिशत भन्दा बढी मत ल्याएर यो अवार्ड जितेका हुन्।

यो सिजन सलाहले प्रिमियर लिगमा २८ गोल र १८ असिस्ट गरेर लिभरपुललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले। उनको यो प्रदर्शनले टिमलाई आर्ने स्लटको नेतृत्वमा दोस्रो प्रिमियर लिग उपाधि दिलाएको छ।

गत महिना उनले लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेरका छन्। उनी प्रिमियर लिगको गोल्डेन बुटको पनि प्रबल दाबेदार हन्।

अवार्ड पाएपछि सलाहले लिभरपुलमा यति धेरै खुसी महसुस गर्न पाउनु आफ्ना लागि अविश्वसनीय भएको बताएका छन्।