अन्तर्राष्ट्रिय चेसमा नेपालका कमल र निकेन अगाडि

23 May, 2025

पूर्व चेस खेलाडी स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २ हजार मुनि चेस प्रतियोगितामा नेपाल, भारत र इंग्ल्याण्डका गरि १२७ जना खेलाडी सहभागी छन्।

भक्तपुर युवा टिमद्वारा आयोजित प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन्।

पहिलो दिने सम्पन्न पाँचौं चरणको खेलमा कमल श्रेष्ठले पूर्णराज खड्का तथा निकेन कुसाथाले गणेश अवाललाई पराजित गर्दै अग्रता लिएका छन्।

१० मिनेट प्लस १० सेकेन्ड प्रति चालको समय नियन्त्रण लागु गरिएको स्पर्धामा नेपालका प्रकाशचन्द्र नेपाल, भारतका विनायक सिंह यादव, नेपालका प्रेम कृष्ण महर्जन समान ४।५ अंक जोडेर संयुक्तरुपमा दोश्रो स्थान ओगट्न सफल भएका छन्।

महेश्वरी बाङ्क्वेट, थुसाछा, भक्तपुरमा भएको प्रतिस्पर्धामा नेपालका पूर्णराज खड्का, भगवती प्रसाद शर्मा, गणेश अवाल, मुहान नरसिंह श्रेष्ठ, नविन तण्डुकार, सन्देश श्रेष्ठ, बिजेश राजकर्णिकार, महेन्द्र कुमार सम्वाहाम्फे, राहुल चौ प्रधान ४ अंक बनाउदै तेस्रो स्थानमा उभिएका छन्।

यस्तै भारतका आशुतोष कुमार, नेपालका पुरूषोत्तम दुवाल, रिसोन थापा, रमेशवीर माली, स्वर्णीम दुवाल, निर्मल सापकोटाले पनि ४ अंक जोडेर खेलमा सम्भावना बोकेका छन्।

दुई दिने रापिड चेस खेलमा सहभागी ईङ्गल्याण्डका एकमात्र अनरेठेड खेलाडी वीनल जोसेफले ३ अंक जोडेका छन्।

प्रतियोगिताको मुख्य निर्णायक आईए तथा फिडे प्रशिक्षक ज्ञानेन्द्र खाइजू, टेक्निकल टिम एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णीकार लगायतले खेल सञ्चालन गरिरहेका छन्।

प्रतियोगिताको सांसद प्रेम सुवाल र भक्तपुर युवाटिमका अध्यक्ष केशव त्वानाबासुले संयुक्त रूपमा उद्घाटन गरेका थिएश्र

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]