खेल रोकेरै बर्नाबेउमा मोड्रिचलाई बर्नाबेउमा ‘गार्ड अफ अनर’

25 May, 2025
Share:
117 Shares

क्रोएसियन मजेसियन लुका मोड्रिचको म्याजिक अब बर्नाबेलमा देखिने छैन। ३९ वर्षीय मोड्रिचले शनिबार राति बर्नाबेउमा रियलका लागि अन्तिम तथा बिदाई खेल खेले।

मोड्रिचसँगै प्रशिक्षक कार्लो एन्सोलोटी, लुकास भास्केक्जका लागि पनि यो अन्तिम खेल थियो। सो खेलमा किलियन एम्बाप्पेको २ गोल मद्दतम रियलले रियल सोसिडाडमाथि २–०को जित निकाल्यो।

मड्रिडले मोड्रिचको बिदाई भव्य रुपमा गरेको छ। समर्थकले मोड्रिका ठूल्ठूला ब्यानर प्रदर्शन गरेका थिए भने खेलको सुरुमा १० नम्बरको जर्सी मैदानमा प्रदर्शन गर्दै उनलाई सम्मान गरिएको थियो।

अन्तिम पटक बर्नाबेउमा खेलेका मोड्रिच खेलको ८७औं मिनेटमा सब्टिच्युट भएका थिए। त्यसपछि केही बेर खेल नै रोकेर मोड्रिचलाई दुवै टिमका खेलाडीले ‘गार्ड अफ अनर’ दिएका थिए। मैदानबाट बाहिरिँदै गर्दा निकै भावकु बनेका मोड्रिचलाई दर्शकले स्ट्यान्डिङ अभिएसन दिएका थिए।

मोड्रिचको सम्मानका लागि उनलाई भेट्न टोनी क्रुस पनि मैदानमै पुगेका थिए। दुवैले निकैबेर अंगालो मारेका थिए। क्रुससँग अँगालो मार्दै गर्दा मोड्रिचका आँखा रसाएका थिए। त्यसपछि मोड्रिचले परिवारका सदस्यलाई अंकमाल गरेका थिए।

खेल सकिएपछि मैदानबाट मोड्रिचले मैदान घुमेर हात हाल्लाउँदै दर्शकसँग बिदाई मागेका थिए।

सन् २०१२मा टोटनहमबाट रियल आएका मोड्रिचले रियलका लागि ५३२ खेलमा ३९ गोल र ८६ असिस्ट गरेका छन्। यो बीचमा उनले ६ च्याम्पियन्स लिग, ४ ला लिगासहित २६ उपाधि जितेका छन्।