पिएसजीले जित्यो फ्रेन्च कप उपाधि

25 May, 2025
Share:
117 Shares

लुइस एनरिकेको टिमको पिएसजीले फ्रेन्च कपको उपाधि जितेको छ। शनिबार राति भएको खेलमा रेइम्सलाई ३–०ले हराउँदै पिएसजीले फ्रेन्च कप उपाधि जितेको छ।

योसँगै पिएसजी यो सिजत ट्रेबल जित्नबाट एक खेल मात्र टाढा छ। यसअघि नै लिग वान जितिसिकेको उसले च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग खेल्नेछ।

पिएसजीलाई उपाधि दिलाउन ब्राड्ली बार्कोलाले २ गोल गरे भने अर्को गोल अर्चरफ हाकिमीले गरे। तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो।

१६औं मिनेटमा बार्कोलाको गोलामा पिएसजीले अग्रता लियो। ३ मिनेटपछि नै उनले नै पिएसजीको अग्रता दोब्बर बनाए। त्यसपछि ४३औं मिनेटमा हाकिमीले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–०को अग्रता लियो।

दोस्रा हाफमा थप गोल नहुँदा पिएसजीले ३–०को जितसहित फ्रेन्च कप जित्यो।