सन्डरल्यान्डले आगामी सिजन प्रियिमर लग खेल्ने भएको छ। शनिबार राति वेम्बली स्टेडियममा भएको च्याम्पियनसिप प्लेअफ फाइनलमा सेफिल्ड युनाइटेडमाथि २–१को सानदार पुनरागाम जित निकाल्दै सन्डरल्यान्डर प्रिमियर लिगमा बढुवा भएको हो।
यो जितसँगै ‘ब्ल्याक क्याट्स’ले आठ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमन गरेको छ। खेलको अन्तिम मिनेटमा टम वाटसनले गरेको निर्णायक गोलले सन्डरल्यान्डका मैदानमा उपस्थित ४० हजार समर्थकहरूलाई खुसी दिएको थियो।
खेलमा अग्रता भने सेफिल्डले लियो। २५औं मिनेटमा टाइरिस क्याम्पबेलले काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै ‘द ब्लेड्स’ लाई अग्रता दिलाए। त्यसपछि सेफिल्डले खेलम पूर्ण रुपमा दबाब कायम गरेको थियो। तर, थप गोल भने गर्न सकेन।
७६औं मिनेटमा एलिजर मायेन्डाले गोल गर्दै सन्डरल्यान्डलाई खेलमा फर्काए। उनले प्याट्रिक रोबर्ट्सको पासमा गोल गरेका थिए। खेलपछि बराबरीतर्फ उन्मूख थियो। तर, इन्जुरी समयको पाँचौं मिनेटमा १९ वर्षीय टम वाटसनले सेफिल्डका किफर मूरको गल्तीको फाइदा उठाउँदै गोल गरे र टिमलाई प्रिमियर लिगमा बढुवा गराए।
यसअघि सन्डरल्यान्डले २०१६–१७ सिजनमा प्रियिमर लिग खेलेको थियो। लिगमा चौथो स्थान हासिल गरेर प्ले अफमा स्थान बनाएको उसले सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई ३–२ को समग्र स्कोरमा हराएर फाइनलमा पुगेको थियो।
यसअघि नै लिगको शीर्ष दुईमा रहँदै लिड्स युनाइटेड र बर्नली पनि प्रिमियरमा बढुवा भइसकेका थिए। दुवै लगमा १ सय अंक जोडेका थिए।
