सिजनभर खराब प्रदर्शन गरेको चेन्नई सुपर किंग्सले सानदार जित निकाल्दै अन्त्य भने सुखद रुपमा गरेको छ। आइतबार साँझ अहमदावादमा भएको खेलमा चेन्नईले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ८३ रनको फराकिलो जित निकाल्यो।
यो जितपछि पनि चेन्नई ८ अंकसहित तालिकको पुछारमै रह्यो। यता, गुजरात १८ अंकसहित शीर्ष स्थानमै छ । तर, यो हारले उसको शीर्ष २ मा रहँदै क्वालिफायर खेल्ने सपनामा धक्का लागेको छ। खेल रोकिएर पुनः सुरु भएपछि गुजरातको यो लागतार दोस्रो हार हो।
अब उसलाई शीर्ष २मा रहन लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरु लखनउ सुपर जायन्ट्ससँग पराजित हुनुपर्नेछ। बेंग्लुरु विजयी भए ऊ तेस्रो स्थानमा रहेनछ।
खेलमा चेन्नईले दिएको २३१ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १४७ रनमै अलआउट भयो। उसका लागि साई सुदर्शनले सर्वाधिक ४१ रन बनाउँदा साहरुख खानले १९ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।
बलिङमा चेन्नईका अन्सुल कम्बोज र नूर अहमदले समान ३ विकेट लिँदा रविन्द्र जडेजाले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको चन्नईले ५ विकेटको क्षतिमा २३० रन बनायो। उसका लागि डेवल्ड ब्रेविसले २३ बलमा ४ चौका र ५ छक्का मद्दतमा ५७ रन बनाउँदा डेवोन कन्वेले ३५ बलमा ६ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए।
यस्तै, आयुष मात्रेयले ३४, उर्विल पटेलले ३७ र रविन्द जडेजाले २१ रन बनाए। बलिङमा गुजरातका पसिद्ध कृष्णाले २ विकेट लिए।
