किलियन एम्बाप्पेले जिते युरोपियन गोल्डेन बुट

26 May, 2025

फ्रान्सेली सुपरस्टार किलियन एम्बाप्पेले २०२४–२५ सिजनको युरोपियन गोल्डेन बुट जितेका छन्।

सिजनको सुरुआत पिएसजीबाट रियल मड्रिड आएका उनले पहिलो सिजन नै ला लिगामा ३१ गोल गर्दै युरोपियन गोल्डेन बुट जितेका हुन्। यसक्रममा उनले स्पोर्टिङ सिपीका भिक्टर ग्योकेरेस र लिभरपुलका मोहम्मद सलाहलाई पछि पारे।

३१ गोल गरेका एम्बाप्पेले ६२ अंक प्राप्त गरे भने ३९ गोल गरेका ग्योकेरेसले ५८.५ अंकसहित दोस्रो स्थनमा रहे । लिभरपुका सलाहले २७ गोलसहित ५६ अंक जोडे। युईएफएको नियम अनुसार युरोपका शीर्ष ५ लिग (ला लिगा, प्रिमियर लिग, सिरिए, बुन्डेस लिगा र फ्रेन्च लिग वान)मा प्रत्येक गोलको २ अंक प्राप्त हुन्छ भने पोर्चुगिज लिगसहित दोस्रो स्तरका लिगमा प्रत्येक गोल वापत १.५ अंक प्राप्त हुन्छ।

सिजनको अन्तिम खेलमा रियल सोसिडाडविरुद्ध २ गोल गरेपछि एम्बाप्पले युरोपियन गोल्डेन बुट जितेका हुन् । उनी रोनाल्डोपछि गोल्डेन बुट जित्ने रियलका पहिलो खेलाडी हुन् भने सग्रमा रियलका तेस्रो खेलाडी हुन्।

रोनाल्डोले २०१०–११, २०१३–१४ र २०१४–१५मा गरी तीन पटक यो अवर्डा जितेका थिए। त्यसअघि ह्युगो सान्चेज १९८९–९० मा पहिलो पटक युरोपियन गोल्डेन बुट जितेका थिए।

साथै, एम्बाप्पेले ला लिगाको सर्वाधिक गोलकर्ताका रुपमा पिचिचि अर्वाड पनि जिते। यस क्रममा उसले बार्सिलोनाका रोबर्ट लेवान्डोस्की (२७) र ओसासुनाका आन्टे बुडामिर (२१)लाई पछि पारे।

रियलमा पहिलो सिजन नै एम्बाप्पेले पिचिचिसहित युरोपियन गोल्डेन बुट जिते पनि उनको प्रदर्शनले रियललाई भने उपाधि दिलाउन सकेन। एम्बाप्पेको आगमनपछि बलियो मानिएको रियलले यो च्याम्पियन्स लिग, ला लिगा उपाधि डिफेन्ड गर्न सकेन। यस्तै, स्पेनिसस सुपर कप र कोपा डेल रे फाइनलमा पनि बार्सिलोनासँग पराजित रह्यो।

विश्वकप, च्याम्पियन्स लिग र युरोपियन गोल्डेन बुट जित्ने एम्बाप्पे पहिलो खेलडी बनेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]