अस्ट्रेलियन फास्ट बलर जोश हेजलवुड चोटमुक्त हुँदै रोयल च्यालेन्जर्स बेंग्लुरुको क्याम्पम फर्किएका थिए।
भारत–पाकिस्तानबीचको तनावले आईपिएल रोकिनुअघि नै उनी घाइते भएका थिए। लिग रोकिएपछि अस्ट्रेलिया गएको उनी चोट मुक्त भएसँगै बाँकी खेलका लागि भारत फर्किएका हुन्। उनले बेंग्लुरुको टिम जोइन गरिसकेका छन्।
लिगको अन्तिम तथा महत्वपूर्ण खेलअघि हेजलवुड फर्किएपछि बेंग्लुरुको टिम उत्साहित छ। लिगको अन्तिम खेलमा भोलि उसले लखनउ सुपर जयन्ट्ससँग खेल्दै छ। शीर्ष २मा पुग्ने यो खेल बेंग्लुरुले जित्नै पर्ने हुन्छ।
काँधको चोटका कारण केही समय मैदान बाहिर रहेका हेजलवुडले भारत फर्किनुअघि ब्रिस्बेनमा प्रशिक्षण गरेका थिए।
यो सिजन हेजलवुड यो सिजन बेंग्लुरुका मुख्य बलर हुन्। उनले ८.४४ को इकोनोमीमा १८ विकेट लिएका छन्।
हेजलवुडको उपस्थितिले बेंग्लुरुको टिम संयोजनलाई थप बलियो बनाउने छ। उनको तीव्र गति र सटीक लाइन, लेंथले विपक्षी ब्याट्सम्यानहरूलाई चुनौती दिने निश्चित छ।
