पञ्जाब क्लालिफायरमा, मुम्बईले एलिमिनेटर खेल्ने

27 May, 2025

पञ्जाब किंग्सले शीर्ष आईपिएलको शीर्ष दुईमा स्थान पक्का गरेको छ। सोमबार राति भएको खेलमा लिगको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै पञ्जाबले शीर्ष दुई पक्का गरेको हो।

यो जितसँगै उसले क्वालिफायर खेल्ने छ। उसको १४ खेलमा १९ अंकसहित उ शीर्ष स्थानमा छ। अब उसले क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंग्लुरु या गुजरात टाइटन्समध्ये एकसँग खेल्ने छ।

यता, पञ्जाबसँगको हार पनि मुम्बईले भने क्वालिफायर खेल्ने अवसर गुमाएको छ। अब उसले एलिमिनेर खेल्ने छ। एलिमिनेटरमा उसको प्रतिद्वन्द्वी बेंग्लुरु र गुजरात मध्ये एक हुनेछ।

मुम्बईले दिएको १८५ रनको मध्यम लक्ष्य पञ्जाबले १८.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जोश इंग्लिसले सर्वाधिक ७३ रन बनाउँदा प्रियंश आर्यले ६२ र कप्तान श्रेयस ऐयरले २६ रनको इनिङ खेले।

बलिङमा मुम्बईका मिचेल सान्टनरले २ तथा जसप्रित बुमराहले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मम्बईले ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। उसका लागि सूर्यकुमार यादवले ३९ बलमा ६ चौका र २ छक्का मद्दतमा ५७ रन बनाउँदा रायल रिकल्टनले २७, कप्तान हार्दिक पाण्ड्याले २६, रोहित शर्माले २४ र नमन धिरले २० रन बनाए।

बलिङमा पञ्जाबका अर्शदीप सिंह, मार्को यान्सन र विजयकुमार वैसकले समान २ किवेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]