एन्सोलोटीले घोषणा गरे ब्राजिलियन टिम, एन्टोनी, कासेमिरो, रिचार्लिसन र सान्तोषको पुनरागमन, नेमार परेनन्

27 May, 2025

नवनियुक्त मुख्य प्रशिक्षक कार्लोे एन्सोलोटीले ब्राजिलियन टिम घोषणा गरेका छन्। रियल माड्रिडबाट बिदा हुँदै एन्सोलोटी आइतबार मात्र ब्राजिल पुगेका थिए।

उनले आसन्न विश्वकप छनोटका २ खेलका लागि २५ सदस्यीय टिम घोषणा गरेका छन्।

प्रशिक्षक एन्सोलोटीले केही पुराना खेलाडीलाई टिममा समावेश गरेका छन्। जसमा म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो, डिफेन्डर एलेक्स सान्ड,« स्ट्राइकर रिचार्लिसनलगायत छन्।

यस्तै, गत जनवरीमा लोनमा म्यान्चेस्टर युनाइटेड छाडेपछि उत्कृष्ट प्रदर्शन गरेका विंगर एन्टोली र स्टार्सबर्गबाट खेलिरहेका युवा मिडफिल्डर सान्तोषले पनि एन्सोलोटीको टिममा स्थान बनाएका छन्।

यता, भर्खरै चोटमुक्त हुँदै फर्किएका नेमार जुनियरले भने स्थान बनाउन सकेनन्। चोटकै कारण रियलका स्ट्राइकरद्वय रोड्रिगो र एन्ड्रिक पनि छैनन्।

ब्राजिलले आगामी जुन ६मा इक्वेडर र जुन ११मा पाराग्वेसँग विश्वकप छनोटको खेल खेल्ने छ। छनोटमा ब्राजिल २१ अंकसहित चौथो स्थानमा छ।

ब्राजिलियन टिम :

गोलकिपर : एलिन्सन (लिभरपुल), बेन्टो (अल नासर), हुगो सोजा (कोरिन्थिन्स)।

डिफेन्डर : एलेक्स सान्ड्रो, डानिलो, लिओ ओर्टिज, वेस्ली (फ्लेमेङ्गो), एलेक्ससान्ड्रो (लिले), लुकास बेलार्डो, मार्किन्होस (पिएसजी), कार्लोस अगुस्टो (इन्टर मिलान), भेन्डर्सन (मोनाको)।

मिडफिल्डर : आन्द्रेस परेर (फुलहम), आन्द्रे सान्तोष (स्टार्सबर्ग), ब्रुनो गुइमारेस (न्युकासल), कासेमिरो (म्यान्चेस्टर युनाइटेड), इडर्सन (एट्लान्टा), गेर्सन (फ्लेमेङ्गो)।

स्ट्राइकर : एन्टोनी (रियल बेटिस), इस्टेवाओ (पाल्मेइरस), ग्याब्रिअल मार्टिनेली (आर्सनल), म्याथिस कुन्हा (वुल्भ्स), राफिन्हा (बार्सिलोना), रिचार्लिसन (टोटनहम) र भिनिसियस जुनियर (रियल मड्रिड)।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]