लमिन यमालले नविकरण गरे बार्सिलोनासँगको सम्झौता, रिलिज क्लज १ विलियन

28 May, 2025
Share:
117 Shares

युवा स्टार लमिन यमालले बार्सिलोनाकासँगको सम्झौता नवीकरण गरेका छन्। मंगलबार बार्सिलोनाले यमालसँग लामो सयमको सम्झौता गरेको हो।

यो सम्झौता पछि यमाल सन् २०३१ सम्म क्याटलान क्लबमा राख्नेछ। सम्झौतासँगै बार्सिलोनाले यमालको रिलज क्लज १ विलिय युरो राखेको छ।

सम्झौतासँगै यमालको तलब पनि भारी मात्रमा वृद्धि भएको छ। यो सम्झौता पनि यमाल बार्सिलोनाका महँगा खेलाडी बनेका छन्। उनले वार्षिक ३५–४० मिलिनय युरो हुने बताएको छ।

यस्तै, यमालले बालोन डे’ओ जिते बोनस पनि पाउने छन्। यो सम्झौता जुन १३मा उनी १८ वर्ष पुराभएपछि लागू हुनेछ।

यमालले यो सिजन बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जिताउन महत्त्वपूर्ण भूमिका खेले। उनले ला लिगामा १३ असिस्ट र १८ गोलसहित ५५ खेलमा २५ असिस्ट गरे, जुन उनको प्रभावशाली प्रदर्शनको प्रमाण हो।

यमालले सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यू गरेका थिए, र हालसम्म उनले क्लबका लागि १०० खेल खेलिसकेका छन्, जुन बार्सिलोनाको इतिहासमा सबैभन्दा कम उमेरमा यो कीर्तिमान बनाउने खेलाडीको रेकर्ड हो। उनले स्पेनको राष्ट्रिय टिमबाट पनि १९ क्याप जितिसकेका छन् र सन् २०२४ को युरो कप जित्ने टिमको हिस्सा थिए।