निक पोथास बने नेपाली क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षक

29 May, 2025
Share:
117 Shares

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर निक पोथास नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) स्कटल्यानड भ्रमणमा अवधिका लागि ५१ वर्षीय पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो।

नेपाली टिम युकेमा ५ अभ्यास खेले खेलेर स्कटल्यान्ड पुगिसकेका छन्। त्यहाँ नेपालले घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डसँग आईसिसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिज र त्रिकोणात्मक टि–२० सिरिज खेल्ने छ।

सोही सिरिजका लागि क्यानले पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो। उनले स्कटल्यान्डमा मुख्य प्रशिक्षक स्टुआर्ट ललाई सघाउने छन्।

उनीसँग बेस्टइन्डिज र बंगलादेशसँग टिमलाई प्रशिक्षण गरेको अनुभव छ। उनी सन् २०१८मा स्टुआर्ट लले वेस्टइन्डिज टिम छाडेपछि अन्तिरिम प्रशिक्षक बनेका थिए। यस्तै, उनी सन् २०२३मा बंगलादेशको सहायक प्रशिक्षक पनि बनेका थिए। त्यसअघि उनले सन् २०१६ श्रीलंकन टिममा फिल्डिङ प्रशिक्षका रुपमा पनि काम गरेका थिए।

नेपालका लागि लिग २ यो सिरिज निकै महत्वपूर्ण रहेकाले क्यानले पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षक बनाएको हो।

नेपालले लिग २ को सिरिजमा जुन २ र ८ मा स्कटल्यान्डसँग र जुन ४ र १० मा नेदरल्यान्डसँग खेल्ने तालिका छ। त्यसअघि नेपालले स्कटल्यान्डको ए टिमसँग २ अभ्यास खेल पनि खेल्नेछ ।