बेंग्लुरु ९ वर्षपछि आईपीएलको फाइनलमा, पञ्जाबलाई ८ विकेटले हराउँदै रच्यो इतिहास

30 May, 2025

रोयल च्यालेन्जर्स बेंग्लुरु आईपिएलको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको क्वालिफायर १मा पञ्जाब किंग्समाथि ८ विकेटको जित निकाल्दै बेंग्लरु ९ वर्षपछि फाइनलमा प्रवेश गरेको हो।

यसअघि ऊ सन् २०१६ मा फाइनल पुगेको थियो। त्यो बेला ऊ फाइलनमा सनराइजर्स हैदरावासँग पराजित भएको थियो।

१०२ रनको सामान्य लक्ष्य बेंग्लुरुले १० ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। उसका लागि फिल साल्टले अविजित २७ बलकम ६ चौका र ३ छक्का मद्दतमा ५६ रन रन बनाए। यस्तै, मयंक अग्रवालले १९, रजत पाटिजारले १५ र विराट कोहलीले १२ रन बनाए। बलिङमा कायल जेमिन्सन र मुसीर खानले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको गरेको पञ्जमब १४.१ ओभरमा १०१ रनमै अलआउट भयो। उसका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाउँदा अज्मतुल्लाह ओमरजाइ र प्रभशिम्रन सिंहले समान १८ रन बनाए।

पञ्जाबको इनिङ धरासायी बनउने क्रममा जोश हेजलउड र सुयश शर्माले समान ३ विकेट लिँदा यश दयालले २ विकेट लिए।

यो प्लेअफ इतिहासमा सबैभन्दा ठूलो म्यार्जिन (६० बल बाँकी) को जित हो । हासिल गरेको छ। बेंग्लुरुले सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो तर उपाधि जित्न सकेको थिएन।

पञ्जाबलाई अझै फाइनल पुग्न अर्को मौका पनि छ। उसले अब गुजराजत टाइटन्स र मुम्बई इन्डियन्सबीचको विजेतासँग क्वालिफायर २ खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]