युवा स्ट्राइकर लियम डेलप चेल्सीमा

30 May, 2025
Share:
117 Shares

युइएफए कन्फ्रेन्स लिगको उपाधि जितेको एक दिनपछि चेल्सीले युवा स्ट्राइकर लिअम डेलपलाई अनुबन्धन गरेको छ।

चेल्सीले २२ वर्षीय स्ट्राइकर डेलपलाई ३० मिलियन पाउण्डमा इप्सविच टाउनबाट अनुबन्धन गरेको हो। अब उनी जुनमा सुरु हुने क्लब विश्वकपका लागि चेल्सीको अक्रमणमा देखिने छन्।

डेलपले यो सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ३७ खेलमा १२ गोल र २ असिस्ट गरेरका थिए। तर, इप्सविचको रेलिगेसनपछि उनलाई भित्र्याउन ठूला टिमहरुले चासो देखाएका थिए। उनलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड, न्यूक्यासल युनाइटेड र एभर्टनले पनि चासो देखाएका थिए।

तर, उनले चेल्सी रोजे । म्यान्चेटर सिटीको एकेडेमीका उत्पादन डेलपले एन्जो मारेस्कासँग प्रशिक्षण गरेका थिए। उनी चेल्सी आउनुको अर्को कारण चेल्सी च्याम्पियन्स लिगमा छनोट हुनु पनि हो।

उनी अघिल्लो सिजन म्यानचेस्टर सिटीबाट २० मिनिलयन पाउण्डमा अबाद्ध भएका थिए।