इंग्लिस डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड रियल मड्रिडमा अबाद्ध भएका छन्। यसअघि नै लिभरपुलबाट रियल आउने तय भएका अर्नोल्डको आगमतलाई रियलले शुक्रबार औपचारिक रुपमा घोषणा गरेको हो।
२६ अर्नोल्डलाई रियलले आसन्न क्लब विश्वकपलाई लक्षित गरेर अनुबन्धन गरेको हो। उनी फ्रि ट्रान्सफरमा रियल आएपनि रियलले लिभरपुलाई १० मिलियन युरो भने तिरेको छ।
रियलले उनलाई नियमित समर ट्रान्सफार विन्डोमा भएर क्लब विश्वकपका लागि खोलिएर विशेष ट्रान्सफर विन्डोमा अनुबन्धन गरेकाले उसले रकम तिरेको हो। अब उसले क्लब विश्वकप रियलबाट खेल्न पाउने छन्। लिभरपुलसँग उनको सम्झौता जुन ३० मा सकिनेछ ।
रियलले अर्नोल्डसँग ६ वर्षको सम्झौता गरेको छ। रियलले उनको रिलिज क्लज १ बिलियन राखेको छ। अर्नोल्डले लिभरपुलमा २० वर्ष बिताएर ३५४ खेलमा २३ गोल र ९२ असिस्ट गरेका छन्, जसमा दुई प्रिमियर लिग, एक च्याम्पियन्स लिग, र अन्य महत्त्वपूर्ण उपाधि जितेका छन्।
रियलका नयाँ प्रशिक्षक जाभी अलोन्सोको आगमनपछि रियलले अनुबन्धन गरेका उनी दोस्रो खेलाडी हुन्। यअसघि रियलले बोर्नेमाउथबाट युवा डिफेन्डर डिअन हुजिन्सनलाई अनुबन्धन गरेको थियो।
यता, लिभरपुलले आर्नोल्डका स्थानमा डच डिफेन्डर जेसेमी फ्रिम्पोङलाई भित्र्याएको छ। लिभरपुलले बायर लेभरकुजेनबाट जेरिमी फ्रिम्पोङलाई भित्र्याउन ३५ मिलिनय युरो खर्चियो।
२४ वर्षीय डच डिफेन्डर फ्रिम्पोङले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०३१ सम्म एन्डफिल्डमा रहने छन्। यो सम्झौता जुन १बाट लागू हुने छ।
गत सिजन बन्डेसलिगामा ५ गोल र ६ असिस्ट गरेका थिए, र उनको बहुउपयोगी खेल शैलीले लिभरपुललाई आकर्षित गरेको छ। उनी दायाँ ब्याक र विङर दुवै भूमिकामा खेल्न सक्ने भएकाले प्रशिक्षक अर्ने स्लटको रणनीतिमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।