मेसीकाे २ गोलमा इन्टर मियामी विजयी

1 Jun, 2025
Share:
117 Shares

लियोनेल मेसीकाे शानदार प्रदर्शनमा इन्टर मियामी विजयी भएकाे छ। शनिबार राति चेज स्टेडियममा भउकाे खेलमा मेसी चम्किँदा मियामीले कोलम्बस क्रुलाई ५-१ को फराकिलाे अन्तरले हरायाे।

यो जितले इन्टर मियामीलाई पूर्वी सम्मेलनको तेस्रो स्थानमा उक्लिन मद्दत गरेको छ।

खेलको १३औँ मिनेटमा तादेओ एलेन्डेले मेसीकाे असिस्टमा पहिलो गोल गरेपछि मियामीले अग्रता लिएको थियो। १५औँ मिनेटमा मेसीले कोलम्बसका गोलकिपर निकोलस हागेनको पासलाई इन्टरसेप्ट गर्दै बायाँ खुट्टाको प्रहारबाट पहिलो गोल गरे।

२४औँ मिनेटमा सर्जियो बुस्केट्सको पासमा मेसीले दोस्रो गोल गरेका थिए। त्यसपछि लुइस स्वारेज, तादेओ एलेन्डे र फाफा पिकाउल्टले थप गोल गरेर मियामीलाई शानदार जित दिलाए। कोलम्बसले खेलको अन्त्यतिर एउटा सान्त्वना गोल मात्र गर्न सक्यो।

मेस्सीले यो सिजन लगातार दोस्रो खेलमा दुई गोल गरेका छन्, जसले उनको फर्म र प्रभावलाई पुनर्जन्म गरेको छ। उनको यो प्रदर्शनले टोलीलाई जुनमा हुने फिफा क्लब विश्वकपको तयारीमा बलियो बनाएको छ।