मुम्बईलाई हराउँदै पञ्जाब आईपिएलको फाइनलमा, कप्तान श्रेयसले बनाए कीर्तिमान

2 Jun, 2025

पञ्जाब किंग्स जारी आईपिएलको फाइनलमा प्रवेश गरेको छ। आइतबार राति अबेर सकिएको क्वालिफायर २मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाब फाइनलमा प्रवेश गरेको हो।

पञ्जाब दोस्रो पटक आइपिएलको फाइनलमा प्रवेश गरेको हो। उसले अब उपाधिका लागि रोयल च्यालेन्जर्स बेंग्लुरुसँग खेल्ने छ। ऊ पहिलो पटक सन् २०१४मा फाइनल पुगेको थियो। त्यो बेला उ कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो।

योसँगै श्रेयस ऐयर फरक तीन टिमलाई फाइनल पुर्‍याउने पहिलो कप्तान बनेका छन्। यसअघि उनले सन् २०२०मा दिल्ली र सन् २०२४मा कोलकातालाई फाइनल पु¥याएको थियो। कोलकातालाई भने उनले च्याम्पियन नै बनाएका थिए।

अहदावादम भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान श्रेयर ऐयरले ४१ ब्लमा ५ चौका र ८ छक्का मद्दतमा ८७ रनको उत्कृष्ट नटआउट पारी खेले। यस्तै, नेहाल वडेराले २९ बलमा ४८ रन बनाउँदा जोश इंग्लिसले २१ बलमा ३८ र प्रियंश आर्याले १० बलमा २० रन बनाए।

बलिङमा मुम्बईका आविश्नी कुमारले २ विकेट लिए भने हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले ६ विकेटको क्षतिमा २०३ रन बनायो। उसका लागि तिलक बर्मा र सूर्यकुमार यादवले समान ४४ रन बनाए। सूर्याले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने तिलकले २९ बलमा समान २ चौका र छक्का प्रहार गरे।

यी दुई बाहेक जोनी बेइस्टोले २४ बलमा ३८ रन बनाउँदा नमन धीरले १८ बलमा ७ चौका मद्दतमा ३७ रन बनाए। बलिङमा पञ्जाबमा अज्मतुल्लाह ओमरजाइले २ विकेट लिए।

आईपिएल इतिहासमा मुम्बई पहिलो पटक २ सय बढी रन बनाएर पराजित भएको हो।