सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

मुम्बईलाई हराउँदै पञ्जाब आईपिएलको फाइनलमा, कप्तान श्रेयसले बनाए कीर्तिमान

पञ्जाब किंग्स जारी आईपिएलको फाइनलमा प्रवेश गरेको छ। आइतबार राति अबेर सकिएको क्वालिफायर २मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाब फाइनलमा प्रवेश गरेको हो।

पञ्जाब दोस्रो पटक आइपिएलको फाइनलमा प्रवेश गरेको हो। उसले अब उपाधिका लागि रोयल च्यालेन्जर्स बेंग्लुरुसँग खेल्ने छ। ऊ पहिलो पटक सन् २०१४मा फाइनल पुगेको थियो। त्यो बेला उ कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो।

योसँगै श्रेयस ऐयर फरक तीन टिमलाई फाइनल पुर्‍याउने पहिलो कप्तान बनेका छन्। यसअघि उनले सन् २०२०मा दिल्ली र सन् २०२४मा कोलकातालाई फाइनल पु¥याएको थियो। कोलकातालाई भने उनले च्याम्पियन नै बनाएका थिए।

अहदावादम भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान श्रेयर ऐयरले ४१ ब्लमा ५ चौका र ८ छक्का मद्दतमा ८७ रनको उत्कृष्ट नटआउट पारी खेले। यस्तै, नेहाल वडेराले २९ बलमा ४८ रन बनाउँदा जोश इंग्लिसले २१ बलमा ३८ र प्रियंश आर्याले १० बलमा २० रन बनाए।

बलिङमा मुम्बईका आविश्नी कुमारले २ विकेट लिए भने हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले ६ विकेटको क्षतिमा २०३ रन बनायो। उसका लागि तिलक बर्मा र सूर्यकुमार यादवले समान ४४ रन बनाए। सूर्याले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने तिलकले २९ बलमा समान २ चौका र छक्का प्रहार गरे।

यी दुई बाहेक जोनी बेइस्टोले २४ बलमा ३८ रन बनाउँदा नमन धीरले १८ बलमा ७ चौका मद्दतमा ३७ रन बनाए। बलिङमा पञ्जाबमा अज्मतुल्लाह ओमरजाइले २ विकेट लिए।

आईपिएल इतिहासमा मुम्बई पहिलो पटक २ सय बढी रन बनाएर पराजित भएको हो।

1.3Kशेयर