नेपालले स्कटल्यान्डमा आजबाट आईसिसी विश्वकप लिग–२को अर्को महत्वपूर्ण सिरिज खेल्दै छ। लिग–२को यो साइकलमा खराब प्रदर्शन गरेको नेपाल एकदिवसीय मान्यता जोगाउन संर्घषरत छ।
त्यसैले आजबाट सुरु हुने नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको यो त्रिकोणात्मक सिरिज नेपालका लागि महत्वपूर्ण छ। तर, दुवै टिम नेपालभन्दा बलिया रहेकाले उनीहरुलाई हराउन नेपालले निकै मेहनत गर्नुपर्नेहुन्छ।
सिरिजको पहिलो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्ल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। खेल डुन्डीमामा हुनेछ।
अंकतालिकामा १२ खेलबाट ६ अंक भएको नेपाल ८ टिममध्ये हाल पुछारमा रहेको छ । त्यसैले नेपाल यो सिरिजमा राम्रो नतिजा निकाल्न चाहन्छ। त्यसका लागि पहिलो खेलमा स्टकल्यान्डलाई हराउँदै सुखद सुरुआत गने लक्ष्यमा छ।
अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाले रद्द भएको थियो।
हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ। पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो।
अमेरिकाको शृंखलाअघि सन् २०२३ मा कीर्तिपुरमै भएको शृंखलामा नेपालले दुवै खेलमा जित हात पारेको थियो । यसपटक स्कटल्याण्डको होममा खेल भएकाले केही चुनौती भने हुनेछ।
यो सिरिजका लागि नेपाली टिम २ साता युकेमा प्रशिक्षण गरेर स्कटल्यान्ड पुगेको हो। नेपालले युकेमा त्यहाँको स्थानीय क्लबहरुसँग ५ अभ्यास खेले खेलेको थियो। त्यसपछि एक साताअघि स्टकल्यान्ड पुगेको नेपालले त्यहाँको ए टिमसँग २ अभ्यास खेल खेलेको थियो।
स्टकल्यान्डको कन्डिसरमा लामो समय अभ्यास गरेकाले नेपाली टिम राम्रो नतिजा ल्याउन उत्साहित छ ।
यही सिरिजबाट नवनियुक्त प्रशिक्षक स्टुआर्ट लने नेपाली टिमको प्रशिक्षण यात्राको औपचारिक थालनी गर्ने छन् ।