डेम्बेले बने च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी, डुएले जिते युवा अवार्ड

2 Jun, 2025

पिएसजीका फ्रान्सेली स्टार ओस्मान डेम्बेले च्याम्पियन्स लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। पिएसजीलाई पहिलो पटक महत्वपूर्ण भूमिका खेलेका उनलाई युईएफएले सर्वोत्कृष्ट खेलाडी चयन गरेको हो। 

मे ३१ मा म्युनिखको एलियान्ज एरेनामा भएको फाइनलमा इन्टर मिलानविरुद्ध प्राप्त ५–०को जितमा डेम्बेले २ महत्वपूर्ण असिस्ट गरेका थिए। 

२८ वर्षीय डेम्बेलेले यो सिजन च्याम्पियन्स लिगमा १२ खेलमा ८ गोल र ६ असिस्ट गरेका छन्। 

च्याम्पियन्स लिगसँगै घरेलु लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनी यो वर्ष बालोन डे’ओरको पनि मुख्य दावेदार हुन्।

यस्तै, १९ वर्षिय डिजायर डुए च्याम्पियन्स लिगको उत्कृष्ट युवा खेलाडी बनेका छन्। उनले फाइनलमा २ गोल र १ असिस्टा गरेका थिए। यस्तो गर्ने कान्छो खेलाडी पनि हुन्। फाइनलमा मात्र होइन, सिजन भर नै उनले पिएसीका लािग उत्कृष्ट प्रदर्शन गरेका छन्। 


यस्तै, १३ गोल गरेका बार्सिलनोका ब्राजिलिय विंगर राफिन्हाले च्यापियन्स लिगको गोल्डेन बुट जिते। उनले १३ गोलसँगै ८ असिस्ट पनि गरेका छन्।