सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपालले पायो २९७ रनको चुनौतीपूर्ण लक्ष्य

आईसिसी विश्वकप क्रिकेट लिग–२को त्रिकोणात्मक सिरिजका पहिलो नेपाललार्इृ स्कटल्यान्डलाई २९७ रनले चुनौतीपूर्ण लक्ष्य दिएको छ।

डुन्डीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रन बनायो। उसका लागि चार्ली टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का मद्दतमा सर्वाधिक ८० रन बनाए।

यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रनको महत्वपूर्ण योगदान दिए।

बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए।

लिग २ मा स्कटल्याण्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ। १२ खेल खेलेको नेपाल ६ अंकसहित पूछारमा छ।

1.3Kशेयर