हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक म्याट रोसले २ नयाँ अनुहारलाई समेट्दै किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेका हुन्।
प्रशिक्षक रोसले मिडल्डिर कुशल देउवा र डिफेन्डर सृजनराज गौतमलाई पहिलो पटक टिममा समावेश गरेका छन्। दुवै खेलाडीले यसअघि पनि बन्द प्रशिक्षणमा मौका बनाएपनि राष्ट्रिय टिममा पर्न सकेका थिएनन्।
एक महिना लामो प्रशिक्षण पछि रोसले नेपाली टिम घोषणा गरेका हुन्।
नेपालले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा लाओससँग एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ।
मैत्रीपूर्ण खेलका लागि नेपाली टिम आज हङकङ प्रस्थान गर्नेछ। उतैबाट नेपाली टिम लाओस प्रस्थान गर्ने तालिका छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नै एक कार्यक्रम गर्दै नेपाली टिमलाई बिदाई गरेको थियो।
नेपाली टिम : किरण चेम्जोङ विशाल सुनार, दीप कार्की, (गोलकिपर), अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ (डिफेन्डर), एरिक विष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सृजन राज, सुमित श्रेष्ठ (मिडफिल्डर), अन्जन विष्ट, जिलेस्पीजंग कार्की, सुवास बम ठकुरी (स्ट्राइकर)।