नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हार्‍याे, पहिला बलिङ गर्ने, रिजनको स्थानमा ललितलाई मौका

4 Jun, 2025

स्कटल्यान्डमा जारी आइसिसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल केहीवेरपछि सुरु हुनेछ।

स्कटल्याण्डको डन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा हुने खेलमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको छ। पहिलो खेलमाजस्तै नेपालले पहिला बलिङ गर्नेछ।

नेपाली टिमका मुख्य प्रशिक्षक स्टुआर्ट लले टिममा एक परिवर्तन गरेका छन्। स्कटल्यान्डविरुद्ध प्लेइङ ११ मा रहेका रिजन ढकाललाई बाहिर राख्दै उनले स्पिरन ललित राजवंशीलाई मौका दिाएका छन्।

पहिलो खेलमा स्कटल्यान्डलाई हराएपछि उत्साहित भएको नेपाली टिम लागतार दोस्रो जितको खोजीमा छ। तर, बलियो नेदरल्यान्ड्सलाई हराउन नेपालले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने छ।

नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।

नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

नेपालको टिम ः रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]