नेपालको उत्कृष्ट बलिङ, नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

4 Jun, 2025
Share:
117 Shares

स्टकल्यान्डमा जारी आईसिसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेका छन्। नेपालको उत्कृष्ट बलिङपछि नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको मध्यम लक्ष्य दिएको छ।

स्कटल्याण्डको डन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेका नेदरल्यानड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो। उसका लागि नोह क्रोसले सर्वाधिक ४८ रन बनाउँदा स्कट इडवार्डसले ४६ रनको पारी खेले।

यस्तै, विक्रमजित सिंहले ३८, जाच लियोन कचेले २७ र भान डेर मर्वेले २१ रनको योगदान दिए।

बलिङमा नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २ विकेट लिए।

पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल लातगार दोस्रो जितको खोजीमा छ।