म्यानचेस्टरले भित्र्यायो डच मिडफिल्डर रेइन्डर्स

4 Jun, 2025
Share:
117 Shares

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डच मिडफिल्डरलाई अनुबन्धन गरेको छ। २६ वर्षीय रेइन्डर्सलाई सिटीले इटालियन क्लब एसी मिलानबाट ५५ मिलियन युरोमा अनुबन्धन गरेको हो।

प्रशिक्षक पेप ग्वार्डिओवाले रेइन्डर्सलाई लेजेन्ड मिडफिल्डर केभिन डे ब्रुयनाको स्थानमा सिटीमा ल्याएका हुन्। डे ब्रुयनाले सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। उनी सम्भवतः नापोली जाने छन्।

रेइन्डर्सले सिटीसँग ५ वर्षको सम्झौतान गरेका छन्। अब उनी सन् २०३० सम्म इत्तिहादमा रहने छन्। रेइन्डर्सको मेडिकल भने बाँकी नै छ।

उनले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एसी मिलानका लागि ५४ खेलमा १५ गोल गरेरका थिए। र, उनी सिरि एको मिडफिल्डर अफ द सिजनको अवार्ड जितेका थिए।

आसन्न क्लब विश्वकपलाई लक्षित गरेर सिटीले उनलाई चाँडै अनुबन्धन गरेको हो। डे ब्रुयनाको बहिर्गमन र माटियो कोभासिच घाइते भएकाले ग्वार्डिओला क्लब विश्वकपका लागि इनफर्म मिडफिल्डरको खोजीमा थिए। यो सम्झौतासँगै रेइन्डर्सले सिटीबाट क्लब विश्वकप पनि खेल्न छन्।

रेइन्डर्सले नेदरल्याण्ड्सका लागि २२ खेल खेलेका छन् ।