आरिफको उत्कृष्ट ब्याटिङमा नेपालले नेदरल्यान्ड्सलाई हरायो

5 Jun, 2025
Share:
117 Shares

आरिफ सेखले उकृष्ट ब्याटिङ गरेकोपछि स्कटल्यान्डमा जारी आईसिसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

लगातार दोस्रो जित निकाल्नेक्रममा नेपालले बुधबार भएको खेलमा नेदरल्यान्ड्समाथि ५ विकोटको जित निकाल्यो। यसअघि नेपालले घरेलु टोली स्कटल्यान्डलाई १ विकेटले हराएको थियो।

नेदरल्यान्ड्सले दिएको २२६ रनको मध्यम लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि आरिफ सेखले अर्धशतक बनाए। उनले ९९ बलमा ७ चौका र २ छक्का मद्दतमा ७८ रन बनाए।

उनीबाहेक उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३८, कुशल भुर्तेलले २५ र रोहितकुमार पौडेलले २३ रन बनाए। बलिङमा नेदरल्यान्ड्सका माइलक लेभिटले २ विकेट लिए।

स्कटल्याण्डको डन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेका नेदरल्यानड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो। उसका लागि नोह क्रोसले सर्वाधिक ४८ रन बनाउँदा स्कट इडवार्डसले ४६ रनको पारी खेले।

यस्तै, विक्रमजित सिंहले ३८, जाच लियोन कचेले २७ र भान डेर मर्वेले २१ रनको योगदान दिए।

बलिङमा नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २ विकेट लिए।