मैत्रीपूर्ण खेलमा नेपालले हङकङलाई रोक्यो

5 Jun, 2025

एसिय कप छनोटको तयारीका लागि आयोजना गरिएको मैत्रीपूर्ण खेलमा नेपालले हङकङसँग बराबरी खेलेको छ।

हङकङ नेसनल स्टेडियममा बिहीबार साँझ भएको खेलमा नेपालले उत्कृष्ट खेल पस्किँदा घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको हो।

घरेलु मैदानमा हङकङले नेपालमाथि लगातार आक्रमण गरेपनि नेपाली कप्तान गोलकिपर किरण चेम्जोङले केही राम्रा बचाउ गरेका थिए। दोस्रो हाफमा पनि हङकङले नेपालमाथि लगातार दबाब बनाए पनि नेपालले गोल गर्न दिएन।

खेलमा नेपालले पनि केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा भने परिणत गर्न सकेन । नेपालका मणि लामा इन्जुरी टाइममा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए।

नेपालले ३७ वर्षपछि हङकङसँग सिनियर स्तरमा फुटबल खेलेको हो।

अब नेपाली टिम एसियन कप छनोट खेल्न उतैबाट लाओस जाने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]