एन्सोलोटीको पहिलो खेलमा ब्राजिल रोकियो, अर्जेन्टिना विजयी

6 Jun, 2025
Share:
117 Shares

प्रशिक्षक कार्लो एन्सोलोटीले बराबरीबाट राष्ट्रिय टिमको प्रशिक्षण यात्रा थालनी गरेका छन्। एन्सोलोटीको प्रशिक्षणमा ब्राजिल शुक्रबार बिहान भएको खेलमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकियो।

इक्वेडरको मैदानमा भएको खेलमा ब्राजिलले कजोर खेल प्रदर्शन गरेको थियो। खेलमा इक्वेडरले ५३ प्रतिशत बल पोजेश बनाउँदै ७ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो। यता, ब्राजिलले भने ३ मध्ये २ सट मात्र फ्रेममा हानेको थियो।

यो बराबरीले ब्राजिलले शीर्ष २मा उक्लने अवसर गुमाएको छ। ब्राजिल्ल २२ अंकसहित चौथो स्थानमा छ। इक्वेडर २४ अंकहित दोस्रो स्थानमा छ।

यो फिफा विन्डोमा अब ब्राजिलले जुन ११मा पाराग्वेसँग खेल्ने छ।

यता, अर्को खेलमा अर्को खेलमा अर्जेनिटना विजयी भएको छ। अर्जेन्टिनाले चिलीलाई १–०ले हरायो। खेलमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले १६ औं मिनेटमा निर्णायक गोल गरे।

यसअघि नै विश्वकपको छनोट भइसकेको अर्जेन्टिना ३४ अंकसहति शीर्ष स्थानमा छ। जितपछि