लिग-२ को सिरिजमा लातगार तेस्रो जितको खोजीमा नेपाल, स्कटल्यान्डलाई फेरि हराउला?

8 Jun, 2025
Share:
117 Shares

नेपाली क्रिकेट टिम अहिले आईसिसी विश्वकप लिग–२ को लागि स्टकल्यान्डमा छ । लिग २ मा कमजोर सुरुआत गरेको नेपालले स्कटल्यान्डमा भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित यो त्रिकोणात्मक सिजनमा नेपालले लागतार दुई जित निकालिसकेको छ।

नेपाली टिम अब तेस्रो जितको खोजीमा छ। त्यसका लागि नेपालले आज दिउँसो २ः४५ बजे हुने खेलमा आयोजक स्कटल्यान्डसँग खेल्दै छ। सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो। सो खेलामा नेपालले एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो।

त्यसपछि नेदरल्यान्ड्समाथि ५विकेटको सहज जित निकालेको नेपाल स्कटल्यान्डविरुद्ध पुनः खेल्नुअघि उत्साहित छ। स्कटल्यान्डसँग पछिल्ला ५ खेलमा परातिज रहेकाले पनि नेपाल उत्साहित छ।

१४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ भने स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ।