क्लब विश्वकप नखेल्ने रोनाल्डोको घोषणा

8 Jun, 2025

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यसै महिना हुने फिफा क्लब विश्वकप नखेल्ने घोषणा गरेका छन्।

रोनाल्डोको टिम अल नासर क्लब विश्वकपमा नभएपनि फिफा अध्यक्ष जियोभनी इन्फान्टिनोले रोनाल्डोलाई विश्वकपमा खेलाउन क्लबहरुसँग कुरा गरिरहेका थिए।

तर, ४० वर्षीय रोनाल्डोले युईएफए नेसन्स लिगको स्पेनविरुद्धको फाइनलअघि पत्रकारहरूसँग कुरा गर्दै क्लब विश्वकप नखेल्ने बताए।

रोनाल्डो हाल साउदी क्लब अल नास्सरसँग आबद्ध छन्। जुन क्लब विश्वकपमा छनोट हुन असफल छ। यद्यपि, फिफाले जुन १ देखि १० सम्मको विशेष ट्रान्सफर विन्डो खोलेर उनलाई सहभागी टिममध्ये कुनै एकसँग छोटो समयका लागि सम्झौता गर्न बाटो खुला गरेको थियो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गत महिना रोनाल्डोको सहभागिताका लागि छलफल भइरहेको बताएका थिए, जसले उनको सम्भावित आगमनलाई हाइलाइट गरेको थियो।

‘यो बेला राष्ट्रिय टोलीबाहेक अन्य कुरा गर्नु ठीक हुँदैन। मैले धेरै प्रस्ताव पाएँ, तर मैले क्लब विश्वकपमा नखेल्ने निर्णय गरेको छु,’ ‘केही प्रस्ताव विचारणीय थिए, तर सबैमा सामेल हुन सकिँदैन। छोटो, मध्यम र दीर्घकालीन योजनालाई ध्यानमा राखेर यो निर्णय गरेको हूँ,’ रानाल्डोले भने।

रोनाल्डोको यो निर्णयले फिफाको टिकट बिक्री र प्रतियोगिताको लोकप्रियतामा असर पर्न सक्ने अनुमान गरिएको छ। उनको पुरानो प्रतिद्वन्द्वी लियोनेल मेस्सी भने इन्टर मियामीबाट सहभागी हुँदैछन्।

रोनाल्डोको अल नास्सरसँगको सम्झौता जुन ३० मा सकिनेछ। उनले यसअघि नै क्लब छाड्ने संकेत गरिसकेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]