स्कटल्यान्डले नेपाललाई दियो पायो ३२४ रनको विशाल लक्ष्य, चेज गर्ला त?

8 Jun, 2025

आईसिसी विश्वकप लिगको त्रिणात्मक सिरिजमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई ३२४ रनको विशाल लक्ष्य दिएको छ।

डुन्डीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेटको क्षतिमा ३२३ रन बनाँदै नेपाललाई विशाल लक्ष्य दिएको हो।

स्कटल्यान्डका लागि कप्तान रिचि बेरिङ्टनले शतक बनाए। उलने ११४ बलमा ६ चौका र ४ छक्का मद्दतमा १०२ रन बनाए। यस्तै, माइकल लेस्कले विस्फोटक इनिङ खेल्दै नटआउट ९६ रन बनाए। उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। उनले अन्तिम ओभरमा करण केसीलाई लागतार ३ छक्का हानेका थिए।

यस्तै, चार्ली टेअरले ६५ बलमा ६८ रन बनाउँदा मार्क वाटले ९ बलमा २१ रन बनाए।

बलिङमा नेपालका करण केसी र दीपेनद्रसिंह ऐरीले समान २ विकेट लिँदा ललित राजवंशीले १ विकट लिए।

पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको तिज निकालेको नेपालले लगातार तेस्रो जितको खोजीमा छ। तर, यो विशाल लक्ष्य पछ्याउन नेपाली ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्नुपर्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]