निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

8 Jun, 2025
Share:
117 Shares

काठमाडौं, जेठ २५ : प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन्।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा तीनसय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन्।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहितले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका थिए।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिए।

प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो।