प्रशिक्षक नहटाएसम्म लेवान्डोस्कीले राष्ट्रिय टिमबाट नखेल्ने

9 Jun, 2025

पोलिस स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले तत्काल राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन्। ३६ वर्षीय लेवान्डोस्कीले सोमबार प्रशिक्षक मिखाल प्रोबिएर्जलाई नहटाएसम्म राष्ट्रिय टिमबाट नखेल्ने बताएका हुन्।

उनी पोल्यान्डका कप्तान हुन्। उनले राष्ट्रिय टिमबाट १५८ खेलमा ८५ गोल गरेका छन्।

लेवान्डोस्कीको स्थानमा प्रशिक्षक प्रोबिएर्जले इन्टर मिलानका मिडफिल्डर प्योटर जेलिन्स्कीलाई नयाँ कप्तान बनाउने निर्णय गरेपछि उनी प्रशिक्षकसँग रुष्ट भएका हुन्।

प्रशिक्षक प्रोबिएर्जले यो निर्णय सुनाए लगत्तै लेवान्डोस्कीरले प्रशिक्षकमाथि विश्वास नरहेको बताउँदै उनी रहुञ्जेल राष्ट्रिय टिमबाट नखेल्ने बताए।

‘परिस्थिति र प्रशिक्षकमाथिको विश्वास हराएको कारण, जबसम्म उनी प्रशिक्षक रहन्छन्, म पोल्यान्डको राष्ट्रिय टिममा नखेल्ने निर्णय गरेको छु,’ लेवान्डोस्कीले भनेका छन्, ‘तर मलाई आशा छ, भविष्यमा फेरि टिमका उत्कृष्ट समर्थकहरूसँग खेल्ने मौका पाउनेछु।’

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]