नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपाललाई झड्का, अभ्यासका क्रममा घाइते भए सोमपाल कामी र गुल्सन झा

10 Jun, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमले केहीबेरपछि आईसिसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिजमा नेरल्यान्ड्ससँग खेल्दै छ। तर, महत्वपूर्ण खेलअघि नेपाललाई ठूलो झड्का लागेको छ।

इनफर्म खेलाडीद्वय सोमपाल कामी र गुल्सन झा घाइते भएपछि नेपाललाई झड्का लागेको हो। योसँगै दुवै खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खेल र आसन्न त्रिकोणात्मक टि–२० सिरिज गुमाउने नेपाल क्रिकेट संघ क्यालने जनाउको छ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। दुवै अभ्यासका क्रममा घाइते भएका हुन्।

सोमपालले प्रतियोगितामा बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरिरहेका थिए। उनले तीन खेलमा ५ विकेट लिनुका साथै स्कटल्यान्डविरुद्ध अर्धशतीय पारी खेल्दै नेपाललाई जित नजिक पु¥याएका थिए। यस्तै, गुल्सन झाले ब्याटबाट उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले स्कटल्यान्डविरुद्ध प्राप्त जितमा ४२ रनको महत्वपूर्ण भूमिका खेलेका थिए। अन्य दुई खेलमा उनले समा ११ रन बनाएका थिए।

यो सँगै नेदल्यान्ड्सविरुद्ध सम्भवतः सोमपाको स्थानमा नन्दन यादव र गुल्सनको स्थानमा बासिर अहमदले मौका पाउने छन्।

लिग–२को त्रिकोणात्मक सिरिजम नेपालले ३ मध्ये २ खेल जितेको छ।