नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, टिममा तीन परिवर्तन, नन्दनको डेब्यू

10 Jun, 2025

आईसिसी विश्वकप लिग–२ को स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

स्कटल्यान्डको डुन्डीमा केहीबेरपछि सुरु हुने खेलमा नेदरल्यान्ड्स टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

मुख्य प्रशिक्षक स्टुवार्ट लले टिममा तीन परिवर्तन गरेका छन्। नेदरल्यान्ड्सविरुद्ध ओपनर अनिल साह, अलराउन्डर बासिर अहमद र फास्ट बलर नन्दन यादवले मौका पाएका छन्।

खेलको अघिको अभ्यासमा मत्वपूर्ण खेलाडी सोमपाल कामी र गुल्सन झा घाइते भएपछि उनीहरुको स्थानमा नन्दन र बासिरले मौका पाएका हुन्। सोमपाल र गुल्सनले त्रिकोणात्मक टि–२० सिरिज पनि गुमाउने छन्।

यही खेलमार्फत नन्दनले एकदिवसीय क्रिकेटमा डेब्यू पनि गरेका छन्। उनलाई सहायक प्रशिक्षक तथा पूर्वकप्तान ज्ञानेन्द् मल्लले डेब्यू क्याप दिए।

यस्तै, प्रशिक्षक लले ओपनर आसिफ सेखको स्थानमा अनिल साहलाई टिममा राखेका छन्। आसिफले तीन खेलमा १९, २० र ८ रन बनाएका थिए।

नेपाली टिम : कुशल भुर्तेल, अनिल साह, भीम सार्की, रोहितकुमार पौडेल, आरिफ सेख, दीपेन्द्रसिंह ऐरी, बासिर अहमद, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]