अर्जेटिनी युवा मिडफिल्डर मास्तान्तोनो रियल म्याड्रिडमा

12 Jun, 2025
Share:
117 Shares

रियल म्याड्रिडले अर्जेन्टिनी युवा प्रतिभा फ्रान्को मास्तान्तोनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ।

१७ वर्षीय मिडफिल्डरले बुधबार रियलसँग ६ वर्षको सम्झौता गरेका छन्। रिभर प्लेटबाट उनलाई भित्र्याउन रियलले रियलले उनको लागि ४५ मिलियन खर्चिएको छ। यो अर्जेन्टिनी फुटबल इतिहासको सर्वाधिक महँगो ट्रान्सफर हो।

उनी रियलको क्वब विश्वकपको टिममा भने हुने छैनन। उनले रिभर प्लेटबाटै क्लब विश्वकप खेल्ने छन्। उनी अगस्टमा १८ वर्ष पुग्ने भएकाले क्लब विश्वकपपछि औपचारिक रूपमा टोलीमा सामेल हुनेछन्।

मास्तान्तोनोले रिभर प्लेटमा गत सिजन ६१ खेलमा १० गोल र ७ असिस्ट गरेरका थिए। उनको रचनात्मक खेल, लामो दूरीको प्रहार र दुवै फ्ल्यांकमा प्रभावकारी प्रदर्शनले प्रशिक्षक जाबी अलोन्सोलाई आकर्षित गरेको छ।

मास्तान्तोनोले रियल म्याड्रिडमा आउनु सपना भएको बताउँदै यसको इतिहास र फुटबल शैलीले आफूलाई प्रेरित गरेको बताएका छन्।

उनलाई भित्र्याउन पिएसजीले पनि चासो खाएको थियो। तर, उनले रियल रोचजेका हुन्। रियलले उनलाई भिनिसियस जुनियर, रोड्रिगो र एन्ड्रिकसँगै आक्रमणको नयाँ पुस्ताको हिस्सा बनाउने योजना बनाएको छ।