नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टि-२० सिरिज खेल्ने

12 Jun, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक आईसिसीको पूर्ण सदस्य राष्ट्रसँग सिरिज खेल्ने भएको छ।

नेपालले पहिलो पटक पूर्णसदस्य वेस्टइन्डिजसँग टि–२० सिरिज खेल्ने भएको हो। यो सिरिज न्यूट्रल भेन्यू युएईको सारहजाह क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

क्यानका अनुसार आगामी सेप्टेम्बरमा हुने सिरिज ३ खेलको हुनेछ। पहिलो खेलमा २७ सेप्टेम्बरमा हुने छ भने दोस्रो खेल २८ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ।

नेपालले टि–२० विश्वकपको एसिया छनोटको तयारीका लागि वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो।

यसअघि नेपालले घरेलु मैदानमा वेस्टइन्डिजन एसँग एकदिवसी सिरिज खेलेको थियो।