राष्ट्रिय टिममा रुपेश र किरणको डेब्यू

16 Jun, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ब्याट्सम्यान किरण ठगुन्ना र अलराउन्डर रुपेश सिंहले डेब्यू गरेका छन्।

उनीहरुले स्टकल्यान्मा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत नेदल्यान्ड्सविरुद्धको जारी खेलमार्फत नेपाली टिममा डेब्यू गरेका हुन्।

किरण र रुपेश टि–२० खेल्ने नेपालका ५०औं र ५१औं खेलाडी बनेका छन्। दुवै नेपालके १००औं टि–२० अन्तर्राष्ट्रियमा डेब्यूको अवसर पाए।

दुवैलाई स्टार बलर करण केसीले डेब्यू क्याप दिएका थिए।

खेलमा रुपेशले बलिङमा ३ ओभरमा विनाविकेट ३१ रन खर्चिएका छन्।