सन्दीप लामिछाने र नन्दन यादवले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा नेपालले १५३ रनको मध्यम लक्ष्य पाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो।
उसका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाउँदा ए भने विक्रमजित सिंहले ३०, साकिब जुलफिकरले २४, माइकल लेभिटले २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए।
नेदरल्यान्ड्सलाई मध्यम लक्ष्यमा रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। यस्तै, नन्दन यादवले २.५ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए।
यो नेपालको १००औं टि–२० अन्तर्राष्ट्रिय खेल हो। यही खेल मार्फत किरण ठगुन्ना र रुपेश सिंहले नेपाली राष्ट्रिष्य टिममा डेब्यू गरेका छन्।
