सन्दीपको घातक बलिङमा स्कटल्यान्ड ९७ रनमै अलआउट

17 Jun, 2025
Share:
117 Shares

सन्दीप लामिछानेले घातक बलिङ गरेपछि त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली स्टकल्यान्डलाई ९७ रनमै अलआउट गरेको छ।

ग्लासोमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको घरेलु टोली स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमै अलआउट भयो। उसका लागि माइलक लेस्कले सर्वाधिक ४६ रन बनाए। उनीबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

स्कटल्यान्डको इनिङ धरासायी बनाउने क्रममा सन्दीपले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ किवेट लिँदा ललित राजवंशीले १ विकेट लिए।

यअसघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो।