स्कटल्यान्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

18 Jun, 2025
Share:
117 Shares

त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले स्टकल्यान्डविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति ग्लासोमा भएको खेलमा नेपालले ९८ रनको झिनो लक्ष्य पछ्याउँदा २ विकेटका संघर्षपूर्ण जित निकाल्यो।

९८ रनको सामान्य लक्ष्य नेपालले १ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १४, बासिर अमहदले १३ र किरण ठगुन्नाले १० रन बनाए।

झिनो स्कोरमा पनि नेपाललाई दबाबमा राख्ने क्रममा स्कटल्यान्डका माइलक लेस्क र सफ्यान सरिफले समान २ विकेट लिए।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको घरेलु टोली स्कटल्यान्ड सन्दीप लामिछानेले घातक बलिङ गरेपछि १९.४ ओभरमा ९७ रनमै अलआउट भयो। उसका लागि माइलक लेस्कले सर्वाधिक ४६ रन बनाए। उनीबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

स्कटल्यान्डको इनिङ धरासायी बनाउने क्रममा सन्दीपले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ किवेट लिँदा ललित राजवंशीले १ विकेट लिए।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो।