इंग्लिस प्रियिमर लिगको आगामी सिजनको तालिका सर्वाजनिक भएको छ। प्रियिमर लिगको नयाँ सिजन अगस्त १५ बाट सन् २०२६को मे २४ सम्म चल्नेछ।
सिजनको सरुआत च्याम्पियन लिभरपुल र बोर्नेमाउथबीचको खेलसँगै हुनेछ। यो खेल एन्डफिल्डमा राति ८ बजे हुने छ।
सोही दिन नेपाली समयअनुसार राति १२ः३०मा एस्टन भिल्ला र न्युकासल, ब्राइन्टन र फुलहम, नवप्रवेशी क्लब सन्डरल्यान्ड र वेस्टहम, टोटहम र बर्नेली भीड्ने छन्।
यस्तै, म्यान्चेटर सिटीले अगस्त १६ अपरान्ह ५ः३० वुल्भ्ससँग खेल्ने छ भने अगस्त १७मा चेल्सी र क्रिस्टल प्यालेस तथा अगस्ट १८मा लिड्स र एभर्टन खेल्ने छन्।
अघिल्लो सिजन पुछार तिर लिग सकाएका युनाटेलेडले सुरुआतमै ठूला क्लबलाई प्रतिद्वन्द्वी पाएको छ। पहिलो गेमविक मै म्यान्चेस्टर युनाइटेडले आर्सनलसँग खेल्ने छ। यो खेल वर्ल्ड ट्राफोर्डमा १७ अगस्तमा अपरान्ह ४ः३०मा हुनेछ।
यस्तै, युनाइटेडले दोस्रो गेमविकलेमा टोटनहम, तेस्रो गेमविकमा वेस्टहमसँग खेल्ने छ। यस्तै, चौथो गेमविटमा म्यान्चेस्टर डर्बी हुनेछ। सिजनको पहिलो म्याचेस्टर डर्बी इमिरेट्समा हुनेछ। यस्तै, युनाइटेडले पाँचौं गेमविकमा अर्को ठूलो क्लब चेल्सीसँग घरमा खेल्ने छ।
यसै, देस्रो गेमविकमा म्यान्चेस्टर सिटी र आर्सन, तेस्रो गेमविकमा लिभरपुलले अर्सानल, पाँचौं गेमविकमा आर्सनल र सिटी, आठौं गेमविकमा युनाइटेड र लिभरपुल भीड्ने छन्। यस्तै, दुई दाबेदार टिम लिभरपुल र सिटीबीचको खेल ११औं गेमविगमा हुनेछ।
