पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भ म्यान्चेस्टर सिटीको नयाँ कप्तान बनेका छन्।
प्रशिक्षक पेप ग्वार्डिओलाले ३० वर्षीय सिल्भालाई नयाँ सिजनका लािग सिटीको कप्तान घोषणा गरेका हुन्। अब उनले क्लब विश्वकपबाटै सिटीको आर्मब्यान्ड लगाउने छन्।
ग्वार्डिओलाले केभिन डे ब्रुयनाको स्थानमा सिल्भालाई कप्तान बनाएका हुन्। डे ब्रुयनाले सिजनको अन्त्यससँगै सिटी छाडेका थिए। उनी फ्रि ट्रान्सफरमा इटालियन क्लब नापोलीमा आबद्ध भएका छन्।
सिल्भाले आजै राति हुने क्लब विश्वकपअन्तर्गतको व्यदाद एसीसँगको खेलमार्फत कप्तानीको जिम्मेवारी सम्हाल्ने छन्।
सिल्भा २०१७ देखि सिटीका महत्वपूर्ण खेलाडी रहँदै आएका छन्। अनुभव र लनशिलताका कारण सिल्भालाई कप्तान बनाइएको ग्वार्डिओलाले बताएका छन्।
यसअघि मतदानको प्रक्रियाबाट कप्तान चयन गरिने गरिएको भने यो पटक भने त्यस्तो प्रक्रिया अपनाइएन ।
