काठमाडौं, असार ६ : नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको आज(शुक्रबार) बिदाइ गरेको छ।
आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाई गरेको हो।
नेपाल यु–१६ पुरुष क्रिकेट टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले विदाइ भएको टीमसँग नेपाली क्रिकेटको भविश्य रहेको भन्दै यसले उत्कृष्ट प्रर्दशन गर्ने बताए।
‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’
यसैगरी प्रशिक्षक दिपेन्द्रबहादुर चन्दले उत्कृष्ट प्रर्दशन गर्ने टिम रहेकाले विगतमा झै जित हासिल गर्ने बताए।
यसअघि भएको एसीसी यू–१६ इस्ट जोन कपको विजेता हो, नेपाल। यो प्रतियोगितामा नेपालसहित पूर्वी एसियाका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
मलेसियामा हुने प्रतियोगितामा नेपाल समूह एमा छन्। यो समूहमा सिंगापुर, इन्डोनेसिया, जापान र भुटान छन्। यस्तै समूह बीमा मलेसिया, हङकङ चाइना, थाइल्याण्ड, माल्दिभ्स, म्यानमार छन्।
नेपाली टिम : विपिनप्रसाद शर्मा (कप्तान), सुर्याशुं कोइराला (उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही ।
