सिरिज जित्न नेपाललाई १९४ रनको विशाल लक्ष्य

20 Jun, 2025

स्कटल्यानडमा जारी टि–२० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ठूलो लक्ष्य पाएको छ। सिरिज जित्न निर्णायक मानिएको खेलमा नेपालले स्कटल्यान्डविरुद्ध १९४ रनको ठूलो लक्ष्य पाएको हो।

ग्लास्कोमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनायो। उसका लागि जर्ज मुन्सीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ३९ बलमा ५ चौका र ६ छक्का मद्दतमा ७८ रन बनाए। उनले दोस्रो विकेटका लागि ब्रान्डन म्याककुलेनसँग शतकीय साझेदारी गर्दै टिमलाई ३४–१को अवस्टाबाट १३४–१को अवस्थामा ल्याएका थिए।

म्याकमुलेनले ३० बलमा ४२ रन बनाए। मुन्सी र म्याकमुलेनलाई लगातार ओरमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो। यी दुईबाहेक माइकल लेस्कले २६ र म्याथु क्रसले १७ रन बनाए।

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान १ विकेट लिए।

यो खेल जित्ने टिमले सिरिज जित्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]