आज नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदै

22 Jun, 2025

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ।

आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह्र ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज र त्रिकोणात्मक टि–२० सिरिज खेल्न टोली करिब एकमहिना अघि स्कटल्यान्ड गएको थियो।

नेपालले लिगका २ का ४ मध्ये ३ जित खेल्दै महत्वपूर्ण ६ अंक जोडेको छ। न्ेपाल स्टकल्यान्डसँग कीर्तिमानी लक्ष्य पछ्याउँदा २ रनले पराजित भएको थियो।

त्यसपछि भएको त्रिकोणात्मक टि–२० सिरिजमा भने नेपालले ४ मध्ये २ खेलम जितेको थियो। अन्तिम खेलमा स्टकल्यान्डसँग पराजित भएपछि नेपालले सिरिज जित्ने अवसर गुमाएको थियो।

यही सिरिजमा नोपल र नेदरल्यान्ड्सबीचको खेल तीन सुपर ओपभरसम्म गएको थियो। यो कीर्तिमानी खेलमा नेपाल पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]