स्कटल्यान्डबाट फर्कियो नेपाली क्रिकेट टिम

22 Jun, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। आइसीसी विश्वकप क्रिकेट लिग–२को एकदिवसीय र टि–२० त्रिकोणात्मक सिरिज खेलेर नेपाली टिम स्कटल्यान्डबाट आइतबार अपरान्ह स्वदेश फर्किएको हो। नेपाली टिमलाई क्यानका पदाधिकारीहरुले स्वागत गरे।

नेपाली टिम लिग २को नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज र त्रिकोणात्मक टि–२० सिरिज खेल्न टोली करिब एकमहिना अघि स्कटल्यान्ड गएको थियो।

नेपालले लिगका २ का ४ मध्ये ३ जित खेल्दै महत्वपूर्ण ६ अंक जोडेको छ। नेपाल स्टकल्यान्डसँग कीर्तिमानी लक्ष्य पछ्याउँदा २ रनले पराजित भएको थियो।

त्यसपछि भएको त्रिकोणात्मक टि–२० सिरिजमा भने नेपालले ४ मध्ये २ खेलम जितेको थियो। अन्तिम खेलमा स्टकल्यान्डसँग पराजित भएपछि नेपालले सिरिज जित्ने अवसर गुमाएको थियो।

यही सिरिजमा नोपल र नेदरल्यान्ड्सबीचको खेल तीन सुपर ओपभरसम्म गएको थियो। यो कीर्तिमानी खेलमा नेपाल पराजित भएको थियो।

विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कप्तान रोहित पौडेलले सिरिज एकदमै राम्रो भएको बताउँदै आउने दिनमा अझ बढी आत्मविश्वासका साथ खेल्ने बताए। उनले स्कटल्यान्ड भ्रमणअघि राखिएको लक्ष्य पुरा भएको बताए।

‘सिरिज एकदमै राम्रो भयो, जानुअगाडि जुन लक्ष्य राखेका थियौं त्यो पूरा भयो जस्तो लाग्यो,’ उनले भने, ‘जुन हिसाबले खेलेका थियौ त्यसमा म खुसी छ । आउने दिनहरुमा अझ बढि आत्मविश्वासका साथ खेल्ने छौं।’

अब नेपाली टिमले टि–२० विश्वकप छनोटको तयारी थाल्ने छ। त्यसका लागि नेपालले भारत, श्रीलंका र अस्ट्रेलिया भ्रमण गर्नेछ।